गण्डकीका सबै जिल्लामा पाठ्यपुस्तक

गण्डकी- शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका ११ वटै जिल्लामा पाठ्यपुस्तकको व्यवस्था भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड पोखरा कार्यालयका अनुसार आउँदो शैक्षिक सत्रका लागि छ लाख आठ हजार छ सय २८ थान पुस्तक बिक्री भइसकेको छन् ।
हिमालपारिका जिल्ला मुस्ताङ, मनाङसहित सबै जिल्लामा स्थानीय विक्रेतामार्फत पाठ्यपुस्तक पुर्याइएको केन्द्रका निमित्त प्रमुख शिवविलास पौडेलले जानकारी दिए । प्रदेशका १० जिल्लामा पोखरा र नवलपुरमा भरतपुर कार्यालयबाट पुस्तक बिक्री हुँदै आएको उनले बताए ।
'माग भएजति पाठ्यपुस्तक पठाइसकेका छौँ, हामीसँग पाठ्यपुस्तक पर्याप्त छन्', निमित्त प्रमुख पौडेलले भने, 'यस वर्ष शैक्षिक सत्र सुरु हुनुअगावै गण्डकी प्रदेशका सबै जिल्लामा पुस्तक ढुवानी भएको छ ।'

एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
_mhvIbpGGfT_18pz1nk1auhhqkw6lcplmz1wwehts89ks8molu52wheo0bazk4drzjhtpvuv_RMtijQQXak_pb5hegyfzccb8p1reoaqkf7poxavjx5gscaapptprlnsrf03l8139bhsu9uy.jpg)
गुराँससँग रमाउन रायराँयकोटमा पर्यटक

नासिए मौलिक सम्पदा

करेन्ट लागेर एकको मृत्यु

विश्व सम्पदा दिवस: व्यास सम्पदा संरक्षणका लागि पदयात्रा

प्रतिक्रिया