भारतमा पिकअप दुर्घटना हुँदा ७ नेपालीको मृत्यु (नामसहित)

काठमाडौँ- भारतको नैनिताल नजिकैको बेतालघाट क्षेत्रको एक पिकअप दुर्घटना हुँदा सात नेपाली मजदुरको मृत्यु भएको छ ।
भारतीय मिडियाहरूले मल्ल गाउँस्थित उन्चकोट मोटर सडकमा पिकअप दुई सय मिटर गहिरो खाल्डोमा खसेको बताएका छन् । दुर्घटनामा चालकसहित आठ जनाको मृत्यु भएको छ । गाडीमा सवार दुई नेपाली मजदुर पनि गम्भीर घाइते भएका छन् ।
प्रहरी टोली घटनास्थलमा पुगेर स्थानीयवासीको सहयोगमा उद्धार कार्य सुरु गरेको प्रहरीलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख छ । गाडीमा ९ नेपाली कामदार रहेको प्रहरीले बताएको छ ।
उक्त क्षेत्रमा खानेपानीको लाइन बिछ्याउने काम सकेर सबै जना फर्कँदै गर्दा उक्त दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाएका नेपाली मजदुरको नाम र घर भने खुल्न नसकेको प्रहरीले बताएको छ ।
५० वर्षीय विश्राम चौधरी, ४५ वर्षीय धीरज, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५ वर्षीय उदयराम चौधरी, ४५ वर्षीय तिलक चौधरी र ६० वर्षीय गोपाल बस्नेतको मृत्यु भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् ।

मनसुनमा पुदिनाको चिया पिउनुका हुनेछ धेरै फाइदाहरू

राशिफलमा यस्तो छ तपाईंको भाग्य

पैँतीस प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

चितवनमा दुर्लभ पुतली ‘सिल्वर स्ट्रिकेड एकासिया ब्लू’

थारु समुदायका महिला ‘भेंम्टी’ खोज्न व्यस्त

आँप धेरै खाएमा आउनेछ डन्डिफोर र देखिनेछ अनुहारमा दाग

अब अनलाइन दर्ता र नवीकरण प्रशासन कार्यालयबाट हुने

प्रतिक्रिया