संसद्मा कांग्रेसको अवरोध

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक शुरु हुनासाथ नेपाली कांग्रेसका सांसदहरूले उठेर संसद्मा अवरोध गरेका थिए ।
सभामुखको अनुमतिले कांग्रेसकी सांसद सुशिला थिङले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका उपप्रधान तथा गृह्यमन्त्री रवि लामिछानेमाथि कारबाही किन हुँदैन भन्दै प्रश्न गरेकी छन् । उनले लामिछानेको ठाउँमा अरु भएको भए के हुन्थ्यो भन्दै प्रश्नसमेत गरेकी छन् ।
सहकारीको रकम अवैध रुपमा गोर्खा मिडियामा ल्याइएको विषयमा अध्यक्ष र प्रबन्ध निर्देशक कारबाहीको दायरामा आउनुपर्ने माग गरिन् ।
सांसद थिङले सहकारी प्रकरणबारे कांग्रेस संसदीय दलको बैठकले गरेका निर्णयसमेत संसद्मा सुनाइएकी थिइन् । सभामुखले रास्वपाका सांसद मनिष झालाई बोल्न समय दिएपछि कांग्रेसका सांसदले उठेर विरोध गर्दै अवरोध गरेका छन् ।

कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बादे नियुक्त

राष्ट्रियसभावाट जलस्रोत बिधेयक पारित

राज्यका निकायमा लैङ्गिक अल्पसङ्ख्यकको समान सहभागिता हुनुपर्छः उपसभामुख रानामगर

सांसदहरुद्वारा पशुपति क्षेत्रको निरीक्षण

तस्करलाई कानुनी दायरामा ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण

रास्वपाका सांसदहरूले संसदीय मर्यादा तोडेः सांसद शर्मा

तिलौराकोटलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गराउन नेपालले पुनः प्रस्ता…

प्रतिक्रिया