सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

गायक दीप श्रेष्ठलाई संगीतकार संघको २ लाख सहयोग

काठमाडौं :  कोभिड १९ पोजेटिभ भएर लामो समय अस्पताल बसेर घर फर्किएका गायक दीप श्रेष्ठलाई संगीतकार संघले २ लाख सहयोग गर्ने निर्णय गरेको छ । संघले संगीतकार कल्याणकर्मी कोषबाट यो रकम प्रदान गर्ने निर्णय गरेको हो ।

संघका अध्यक्ष पारस मुकारुङले दीप श्रेष्ठको नाममा काटिएको चेक फेसबुकमा राख्दै यो जानकारी गराएका हुन् । दीप श्रेष्ठले दुई हप्ता ह्याम्स अस्पतालमा बिताएका थिए । 

दीप श्रेष्ठ बिरामी भएसँगै उनको उपचारका लागि सरकार अघि सर्नुपर्ने भन्दै संगीतकर्मीले आवाज उठाएका थिए । तर, सरकारले उनको उपचारका लागि ठोस सहयोग नगरे पनि पूर्व राज्यमन्त्री रामवीर मानन्धरले उनलाई अस्पतालमा गएर भेटेका थिए । थुप्र्रै कालजयी गीतमा आवाज दिएका श्रेष्ठ पछिल्लो समय भने भ्वाइस अफ नेपालमा कोच रहेका छन् ।