प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ- प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर आजका लागि स्थगित भएको संसद् सचिवालयले जनाएको छ ।
अब अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने छ ।
यसअघि आज सुरु भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए ।
बैठक सुरु हुनासाथ कांग्रेसले सहकारी ठगी प्रकरणमा संलग्न देखिएका रवि लामिछानेमाथि कारबाही नभएको भन्दै संसदीय छानबिन समिति गठन गर्ने आफ्नो माग दोहोर्याउँदै आफ्नो माग पूरा नभएसम्म संसद् अगाडि बढाउन नदिने बताएको थियो ।

साझा मुद्दामा राजनीतिक दल एक हुुनुको विकल्प छैनः नेता सिटौला

निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको पनि असहमति

सरकारले नै शिक्षा विधेयक अड्कायोः अध्यक्ष दाहाल

कर्णाली प्रदेशमा कांग्रेसको भूमिकाप्रति एमाले असन्तुष्ट

राप्रपा अध्यक्ष लिङ्देन गुट भेलालाई तीव्रता दिँदै

संसदीय समितिमा विद्यालय शिक्षा विधेयकबारेमा छलफल हुने

तीव्र विकासका लागि राजनीतिक स्थायित्व अपरिहार्य : महासचिव पोखरेल

प्रतिक्रिया