केजरीवाललाई उच्च अदालतले दिएन राहत

काठमाडौँ - नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ ।
मुख्यमन्त्री केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै दायर गरेको याचिकामा फैसला दिँदै उच्च अदालतकी न्यायाधीश स्वर्णकान्त शर्माको एकल इजलासले कुनै किसिमको राहत दिन अस्वीकार गरेको हो ।
अदालतले गिरफ्तारी कानुनी रुपमा सहित भएको ठहर गर्दै केजरीवालले दाबी गरे जस्तो गिरफ्तारी गैरकानुनी नभएको आफ्नो आदेशमा बताएको छ । अदालतले यो याचिका जमानतको लागि नभएर गिरफ्तारी कानुनी हो या होइन भन्ने रहेको स्पष्ट गरेको छ ।
अदालतको यो फैसलापछि केजरीवालले जमानतको लागि अर्को रिट दायर गर्न सक्ने बताइएको छ । केजरीवाललाई १५ अप्रिलसम्म हिरासतमा राख्न अदालतको अनुमति रहेको छ ।
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

प्रतिक्रिया