कैलालीमा असार १ गतेदेखि सबै पसल खुल्ने

धनगढी : कैलालीमा असार १ गतेदेखि बजार खुल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीकाअनुसार बिहान ११ बजेसम्म सम्पूर्ण पसल खोल्न सकिने जनाएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले असार १ गतेदेखि सात दिनसम्म सबै पसल खोल्न दिने निर्णय भएको बताए ।
‘सामान खरिद र बिक्रीका लागि जाने क्रममा सवारी साधन भने प्रयोग गर्न पाइने छैन्,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘बिबाहको लागि यसअघि सम्म सात जना सहभागी हुन पाइने आदेश थियो । अब दुई वटा सवारी साधनमा १० जना सहभगी हुन पाउनेछन् ।’ कैलालीमा कोरोना नियन्त्रण गर्न १६ वैशाखदेखि निषेधाज्ञा जारी गरिएको थियो । विद्यालयलगायत शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा/गोष्ठी, सम्मेलन, सिनेमा हल, मठ मन्दिर, पार्टी प्यालेसलगायत भिडभाड हुने क्षेत्रमा जारी निषेधाज्ञालाई भने कायम राख्ने प्रशासनले जनाएको छ ।

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया