कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित ८ जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मासमेत ८ जनाउपर भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ ।
अख्तियारले सिँचाइ आयोजना निर्माणका क्रममा १३ लाख ७४ हजार ९९१ अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको हो ।
अख्तियारले नभएको काम भएको भनेर सो रकम बढी भुक्तानी दिइएको दाबी गरेको छ ।
आरोपपत्र दायर गरिएकाहरूमा पलाँता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा, सव इन्जिनियर माधवकुमार भट्ट, वडाध्यक्ष पटकबहादुर बम, वडासचिव जानकीकुमारी शाही, उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिपुरा रोकाया रहेका छन् ।

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

जलवायु परिवर्तनसम्बन्धी अन्तर्क्रिया गुफाडाँडामा

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

प्रतिक्रिया