सबै मतभेद हटाएर एक ढिक्का भइ अगाडि बढ्न सभापति देउवाको आग्रह

भैरहवा (रुपन्देही)- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी निर्माणमा एकजुट भएर लाग्नुपर्ने अवस्था आएको बताएका छन् ।
नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ कार्यसमितिले आज यहाँ आयोजना गरेको नयाँवर्षको शुभकामना आदानप्रदान तथा भेटघाटका अवसरमा उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीको हितमा एकजुट भई लाग्न आग्रह गरे ।
नेपाली कांग्रेसमाथि अहिले धेरै चुनौती थपिएको बताउदै उनले सबै मतभेद हटाएर चुनौतीको सामना गर्न आग्रह गरे । उनले नेता तथा कार्यकर्तालाई अहिले पार्टीलाई अप्ठयारो पार्ने काम नगर्न उनले निर्देशन दिए ।
उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पहल गर्ने समेत प्रतिबद्धता जनाए ।
सो अवसरमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति सुशील गुरुङले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पहल गर्न सभापति देउवा समक्ष आग्रह गरेका थिए ।

कोइलाबास भन्सारद्वारा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

बर्दिया र बाँकेमा घरदैलोमार्फत निःशुल्क बिरुवा वितरण

विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

कागती बिक्री नहुँदा किसान समस्यामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

प्रतिक्रिया