सडकमा मकै पोली खाने, जुत्ता पालिस गरी खाने माथि निर्मम दमन भयो : संसद अधिकारी (भिडियोसहित)

काठमाडौँ - राष्ट्रिय सभाका सदस्य श्रीकृष्ण प्रसाद अधिकारीले काठमाडौँ महानगरपालिकाले जताततै डोजर चलाएर भत्काएको बताएका छन् । राष्ट्रिय सभा बैठककाे शून्य समयमा बाेल्दै उनले महानगरले निर्माण कतै नगरेकाे आराेप लगाएका छन् ।
'जथाभावी नालानदी भत्काइदिएका छन्', उनले भने, 'हाल निर्माण भइरहेका भौतिक पूर्वाधारको मापदण्ड के हो ? गुणस्तर के हो त्यसको अनुगमन र निरीक्षण आवश्यक देखिन्छ ।'
अधिकारीले सडकमा मकै पोली खाने जुत्ता पालिस गरी खाने मजदुरहरूलाई निर्मम दमन गरेको देखिएको भन्दै संसदको ध्यानाकर्षण गराए । उनले तिनको गरी खाने वैकल्पिक स्थानको व्यवस्थापन कतै नभएको बताए ।
सुकुम्बासीका अवस्था त्यस्तै रहेकाे उनले जानकारी गराए । कीर्तिपुर सामाखुसी लगायतका काठमाडौँ उपत्यकाका तिनै सहरमा रहेका वास्तविक सुकुम्बासी सोबासी र सडक मजदुरका समस्याहरू तर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु, उनले भने ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया