सिगांपुरमा अनलाइन ठगीमा दोब्बर वृद्धि

सिगांपुर - सिङ्गापुरमा इन्टरनेटको माध्यमबाट हुने व्यवसायमा ठग्ने र ठगिने क्रम बढेको छ । सन् २०२३ मा ‘ई–कमर्स’ बाट गरिने खरिद् बिक्रीमा हुने छलीका घटनामा दोब्बरले वृद्धि भएको ‘ई–कमर्स मार्केटप्लेस लेनदेन सुरक्षा मूल्यांकन प्रतिवेदनले देखाएको छ ।
प्रशासनका अनुसार करिब ५० प्रतिशत ई–कमर्ससम्बन्धी ठगी फेसबुक र अन्य सामाजिक सञ्जालको माध्यमबाट हुने गरेको छ ।
सन् २०२२ मा अनलाइन छलीका घटनाहरूमा एक हजार १३८ रहेकोमा सन् २०२३ मा यो सङ्ख्या चार हजार ५५० मा पुगेको उल्लेख गरिएको छ ।
मूल्याङ्कन प्रयोगकर्ता प्रामाणिकता, लेनदेन सुरक्षा, हानी समाधानका स्रोत र अनलाइन किनमेलका लागि बनाइएका वेबसाइटहरू गरी चार तहमा आधार भएर गरिएको हो ।
मूल्यांकन प्रतिवेदनमा फेसबुकलाई सबैभन्दा कम अङ्क दिएको छ भने अमेजन, लाजादा, शोपीलगायतका अनलाइन किनमेलका लागि प्रसिद्ध वेवसाइटलाई पूर्ण अंक दिइएको छ ।
गृह राज्यमन्त्री सन जुएलिङले संसद्मा गरेको सम्वोधनमा सामाजिक सञ्जाल मेटालाई फेसबुकमा छलीविरुद्ध सुरक्षा उपायहरू अङ्गीकार गर्न अस्वीकार गरेकोमा आलोचना गरे ।

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

प्रतिक्रिया