दिल्ली सरकारका मन्त्रीले छोडे मन्त्री पद र आप पार्टी
काठमाडौँ - भारतको दिल्ली सरकारका समाज कल्याणमन्त्री राजकुमार आनन्दले मन्त्री पद र आम आदमी पार्टी (आप) बाट राजीनामा दिएका छन् ।
राजीनामा दिँदै आनन्दले भ्रष्टाचार विरुद्धको आन्दोलनबाट आम आदमी पार्टीको जन्म भएकोमा आज यो पार्टी आफैं भ्रष्टाचारको दलदलमा फसेको आरोप लगाएका छन् ।
साथै उनले दलित विधायक वा पार्षदलाई आम आदमी पार्टीमा कुनै सम्मान नभएको आरोप लगाएका छन् ।
राजकुमार आनन्द सन् २०२० मा पहिलो पटक पटेल नगर सिटबाट विधायक बनेका थिए । यसअघि उनकी श्रीमती वीणा आनन्द पनि सोही विधानसभा क्षेत्रबाट विधायक थिइन् ।
न्युजकारखाना

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

प्रतिक्रिया