इतिहासमा आज

काठमाडौँ- आज चैत २९ गते अर्थात अप्रिल ११ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।
राणा शासनको अन्त्यपछि वि.सं. २००७ साल फागुन ७ गते राजा त्रिभुवनबाट नेपालको अन्तरिम शासन विधान २००७ घोषणा भएको थियो । २००७ चैत २९ गतेदेखि पूर्ण रूपमा लागू भएर कार्यान्वयनमा आएको यो संविधानमा ६ पटकसम्म संशोधन गरिएको थियो ।
सन् १८९९ अप्रिल ११ मा स्पेनी-अमेरिकी युद्ध समाप्त भएको सन्धि घोषित भएको थियो ।
सन् १९४० अप्रिल ११ मा दोस्रो विश्वयुद्धको समयमा अमेरिकी सैनिकहरूले जर्मनीको नाजी यातना शिविर बुचेनवाल्डलाई मुक्त गरेका थिए ।
सन् १९६८ अप्रिल ११ मा अमेरिकी राष्ट्रपति लिन्डन बी. जोन्सनले मार्टिन लुथर किङ्ग जूनियरको हत्याको एक हप्तापछि नागरिक अधिकार ऐनमा हस्ताक्षर गरेका थिए । जसमा फेयर हाउसिङ ऐन समावेश थियो ।
सन् १९७० अप्रिल ११ मा अन्तरिक्ष यात्री जेम्स ए लोवेल, फ्रेड डब्ल्यू हाइज र ज्याक स्विगर्टसँग चन्द्रमामा आफ्नो दुर्भाग्यपूर्ण मिशन विस्फोट भएको थियो ।

मधेसमा सङ्कटसँगै बढ्यो सुनकोशी मरिणको औचित्य

ठमेलमा पटक-पटक गुण्डागर्दी गर्ने ‘सानुभाइ’ भनिने युवराज गुरुङ ठमेलबाटै पक्राउ

लायन्स अन्तरास्ट्रिय जिल्ला ३२५–आर को पहिलो क्याबिनेट बैठक शनिबार काठमाडौँमा

जामुन मधुमेहका बिरामलाई बरदान, चार तरिकाले सकिन्छ खान
आज साउन १५ : खीर खाएर मनाइँदै

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

प्रतिक्रिया