सहकारी प्रकरणमा संसदीय छानबिन समिति बन्दैन : प्रधानमन्त्री

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी प्रकरणमा संसदीय छानबिन समिति नबन्ने स्पष्ट पारेका छन् ।
बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेविरुद्ध छानबिन गर्ने कांग्रेसको माग राजनीतिक पूर्वाग्रहमात्रै भएको भन्दै छानबिन समिति बन्न नसक्ने स्पष्ट पारेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषयको अलग्गै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछाने विषय अलग्गै भएकाले अध्ययन गरेर समस्याको समाधान गर्न सकिने बताए ।
प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक समीकरण भत्काउन गरिएको प्रयास सफल नहुने जिकिर गरे ।
उनले प्रतिनिधिसभामा देखिएको गति अवरोध अन्त्य गर्नका लागि राजनीतिक तहमा संवाद सुरु भएको र चाँडै समाधान हुने विश्वास व्यक्त गरे ।
कोशी प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारिहरूको विस्तारित बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री प्रचण्ड विराटनगर पुगेका हुन् ।

संसद्को अवरोध चाँडै हट्ने छः सञ्चारमन्त्री गुरूङ

अख्तियारको निर्णयविरुद्ध एकीकृत समाजवादी कानुनी उपचारमा जाने

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

प्लास्टिक प्रदूषण नियन्त्रण गर्नु सबैको दायित्व हो : राज्यमन्त्री विक

व्यवस्थित सहर बनाउन सहरी विकास मन्त्रालयले योजना बनाएको छ : उपप्रधानमन्त्री सिंह

‘जलवायु परिवर्तनले हाम्रो हिमशृङ्खला जोखिममा परेको छ’

घरघरमा टेलिभिजन हेर्न सकिनेगरी फोरजी सेवा सञ्चालन गर्दैछौँ: मन्त्री गुरुङ

प्रतिक्रिया