उपत्यकामा हावाहुरी र चट्याङसहितको वर्षा
काठमाडौँ - काठमाडौँ उपत्यकामा हावाहुरी तथा चट्याङसहितको वर्षा भएको छ । हावाहुरी, रुखको हाँगा भाँचिन सक्ने, चट्याङका कारण जनको क्षति हुनसक्ने भन्दै सतर्क रहन विज्ञले सुझाव दिएका छन् ।
विपत व्यवस्थापनविद् डा धर्मराज उप्रतीले आज दिउँसोबाट उपत्यकामा पानी पर्न सुरु भएसँगै केही दिनयता बढिरहेको प्रदूषण न्यूनीकरणमा सहयोग पुग्ने बताए । “यतिबेला हावाहुरी, चट्याङसहितको वर्षा भइरहेकाले सतर्कता अपनाउन जरुरी छ”, उनले भने, “देशका अधिकांश जिल्लामा लागिरहेको वन डढेलोका कारण वायु प्रदुषण बढेको थियो । वर्षाका कारण वायु प्रदूषण न्यूनीकरण हुनेछ ।”
मंगलबार र बुधबार उपत्यकामा वायु प्रदूषण बढ्दा काठमाडौँ विश्वको नै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको थियो । ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार बुधबार दिउँसो समग्र वायु गुणस्तर सूचकांक (एक्यूआई) दुई सय ६५ थियो । सोमवार दिउँसो एक सय ६५ एक्यूआई रहेको प्रदूषण, मङ्गलवार दुई सय पुगेको थियो । आज भने प्रदूषण घटेर एक सय ७७ एक्यूआईमा सीमित भएको छ ।

जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरणमा विज्ञको जोड

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध छ …

यी पाँच प्रदेशमा हावाहुरीको सम्भावना, सतर्कता अपनाउन आग्रह

सगरमाथा आरोहणको तयारी तीब्र, बाटो बनाउन ‘आइसफल डाक्टर’

उपत्यकासहित ठाउँठाउँमा वर्षा

देशका अधिकांश भागमा आज मौसम सफा रहने

प्रतिक्रिया