डा. कोइरालाले भने- देश दुर्घटनामा पुगेकाले मबाट राष्ट्र बचाउने अभियान सुरु भयो

काठमाडौँ- नेपाली कांग्रेसका वरिष्ठ नेता तथा डा. शेखर कोइरालाले देश दुर्घटनाको संघारमा पुगेकाले पार्टीभन्दा माथि उठेर आफूले राष्ट्र बचाउने अभियान सुरु गरेको बताएका छन् ।
बिहीबार दाङको घोराहीमा आयोजित नेपाली कांग्रेसको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसलाई एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्ने अवस्थामा नपुर्याएसम्म आफ्नो यात्रा नरोकिने समेत बताए ।
'मैले देश बचाउन संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ,' कोइरालाले भने, 'राजनीतिक दलहरूले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठूला दल एक ठाउँमा उभिएर देशलाई निकास दिऊँ ।'
राजनीतिक दलहरूले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा छाएको कोइरालाले बताए । नेताहरूले पहिले आफू त्यसपछि पार्टी र अनि मात्रै देशलाई राख्ने गरेकाले राष्ट्र संकटमा परेको दुखेसो उनले गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया