अहिलेको अवस्थामा मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नु उपयुक्त हुन्छ : उद्धव थापा

काठमाडौँ- नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले अहिलेको अवस्थामा मुख्यमन्त्रीले मार्ग प्रशस्त गर्नु उपयुक्त हुने बताएका छन् ।
बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै थापाले कोशीमा मध्यावधिको अवस्था आउन नदिन अल्पमतमा परिसकेपछि मार्ग प्रशस्त गर्न उपयुक्त हुने बताएका हुन् । सभापति थापाले सरकार चलाउन आफूसँग जतिबेला पनि बहुमत हुनुपर्ने संसदीय मूल्य मान्यतालाई पन्छाउन नमिल्ने धारणा व्यक्त गरे । उनले प्रदेश प्रमुखले विशेष अधिवेशन बोलाइसकेको अवस्थामा अधिवेशन फेस गर्नुको विकल्प नभएको र स्पष्ट रूपमा अल्पमतमा परेपछि मार्ग प्रशस्त गरेर सरकारविहीनताको अवस्था हटाउन आग्रह गरे ।
सभापति थापाले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको अवस्था आउन नदिन र पटक पटकको सरकार परिवर्तन रोक्न सहमतिय सरकार आवश्यक रहेको बताए ।
त्यस्तै उनले मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशमा भइरहेको राजनीतिक घटनाक्रमबारे पार्टीलाई लिखित रूपमा जानकारी समेत नगराएको बताए । उनले मुख्यमन्त्री कार्कीले विश्वासको मत पनि नलिने र अल्पमतमा परेपछि राजीनामा पनि नदिने भन्ने विषयमा चाँडै नै पार्टीको बैठक र संसदीय दलको बैठक बसेर निर्णय गरिने जानकारी दिए ।

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

गर्मी छल्न कोशी कटान क्षेत्रमा नुहाउनेको भीड

विद्यार्थीलाई शतप्रतिशत अनुदानमा प्राविधिक शिक्षा दिँदै ‘पौवादुङमा’

बाढीले बेलिब्रिज बगायो

झापाको बिजनेस टावरमा सर्वसाधरणको आकर्षण

प्रतिक्रिया