राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं - राष्ट्रियसभा बैठक आज बस्दैछ । संघीय संसद भवनमा बस्ने बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।
आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ प्रतिनिधिसभाबाट भएका शंसोधन माथि छलफल गरियोस्’ र सो ‘शंसोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदम प्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

भिजिट भिषा विषयको आन्दोलन वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छः सांसद परियार

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

प्रतिक्रिया