लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिदैँ

बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने भएका छन् । विश्वासको मत लिन आज दिउँसाे १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ ।
८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्दछ । महरा एमालेका २९, माओवादी केन्द्रका ११, नाउपाका ४, जसपाका ३, एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
तर विश्वासको मत लिनुअघि नाउपा, एकीकृत समाजवादी, जसपा र स्वतन्त्र सांसदले पूर्व सहमति पालना नगरको भन्दै विश्वासको मत नदिने धम्की दिइरहेका छन् ।
महराले अहिले एमालेका एक, माओवादी केन्द्रका एक र जनता समाजवादी पार्टीका एक जनालाई मन्त्री बनाएका छन् । तर पूर्व सहमति अनुसार नाउपा र जसपाले २-२ मन्त्री पाउने सहमति भएको बाताउँदै विश्वासको मत दिन बाध्य नहुने बताएका छन् ।
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_iREZ3Cczd0_ahffsylnyd6yhgdvvgipqrcnsrxfoamcngodvjngdi8qbbnilicqpfaflwyz.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

जैविक विविधताकाले महत्त्वपूर्ण कान्ति ताल ‘बर्च वाचिङ’का रूपमा विकास गर्न सकिने

सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट’ निर्माणको काम सकियो

जगदम्बा स्टिलमा विस्फोट हुँदा एक घाइते

बाँकेमा साइबर अपराधका उजुरी बढे

मेवा बिक्रीबाट आम्दानी गर्दै सहकारी

प्रतिक्रिया