नाउपा सुदूरपश्चिम दलका नेता चौधरी निलम्बित, सभामुखलाई पत्र पठाइयो

धनगढी- नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी निलम्बनमा परेका छन् ।
पार्टीले सोधेको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै उनलाई तीन महिनाका लागि निलम्बनमा राखिएको पार्टीले जनाएको छ ।
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले उनलाई स्पष्टीकरण सोधेकी थिइन् । सो स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष श्रेष्ठले उनलाई ३ महिनाका लागि निलम्बन गरेकी हुन् ।
चौधरीलाई निलम्बन गरिएको जानकारी अध्यक्ष श्रेष्ठले सभामुख भीम भण्डारीलाई पत्र पठाइसकिएको छ । अध्यक्ष श्रेष्ठले चौधरीलाई दलको नेताबाट हटाएर कैलाश चौधरीलाई जिम्मेवारी तोकेकी थिइन् ।
दार्चुला–टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो
निर्माणमा गति लिँदै महाकाली सिँचाइ आयोजना

सुक्खा बन्दरगाह बनेपछि रोजगारी पाउने आशा

बगरमा तरबुजा खेती वनहराका मुक्तकमैयाको आयआर्जनको प्रमुख आधार

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

प्रतिक्रिया