नयाँ वर्षमा दिनुछ हर्षका आँसुहरू

आँखाहरूलाई पर परसम्म बिछ्याएर
तिम्रो प्रतीक्षामा तिम्रै खुसीकाे पूजा गर्न पाउँ
तिम्राे हर पाइलामा एक पाइला बनेर
तिमीलाई गन्तव्यमा पुग्न सारथी हुन पाउँ
खुसीमा एक इँटा थप्दै बनाउन पाउँ
तिम्रो सुन्दर घर
दु:खमा दुई थाेपा आँसु झार्दै घटाउ
तिम्रो मनकाे डर
थकानमा तिमीसँगै सुस्ताउँदै मेटाउन पाउँ
आलश्यता
फेरि जागाैँ लागाैँ बनाउन सुन्दर पल
जानुछ भन्थ्याै त्याे दूर देश
सजाउन भविष्यकाे सुन्दर घर
रंगाउनुछ भन्थ्याै, फिक्का फिक्का भएका
आमाका मुहारहरू
उध्याउनुछ भन्थ्याै खिया लागेका
बाबाका खुसीहरू
मसँगै छन् भन्थ्याै भाइ र दाइका
भविष्य अनि चाहनाहरू
पर्खिरहेछन् भन्थ्याै,
प्रियसीका एक थान आँखाहरू
नयाँ वर्षसँगै दिनुछ भन्थ्याै
हर्षका आँसुहरू
सिलाउनुछ भन्थ्याै
खुसीका बर्काेहरू
निकाल्नुछ भन्थ्याै
खिल पल्टेका चाहनाका डाेबहरू
हिँड्नुछ भन्थ्याै
त्याे दूर देश
फुलाउन जीवनका सुन्दर फूलहरू
नयाँ सालसँगै पूरा हुन् तिम्रा हर संकल्पहरू
लागुन् गन्तव्यमा पुग्ने बलियाे पंखहरू
मुस्काउन् खुसीले ओठहरू
चियाउन् भविष्य खाेज्दै सुन्दर आँखाहरू
पूरा हुन् तिम्रा हर इच्छा र चाहना
तिमीलाई २०८१ काे धेरै धेरै शुभकामना ।।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_oTbgrkm4up_hnsr28vb1cycbn0gevkshinwak3zaj1dqbmtitlchmiqfjtdoog2udyn6k8u.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया