इरानले इजरायलमाथि चाँडै आक्रमण गर्न सक्छ : बाइडेन

वासिंगटन डिसी- इरानले इजरायलमाथि हमला गर्न सक्ने अमेरिकाले जनाएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यसबारेमा जानकारी दिएका हुन् । तर, उनले इरानले इजरायलमाथि आक्रमण गरे रक्षाका लागि उभिने जनाएको छ ।
यस महिनाको सुरुमा शीर्ष कमाण्डरहरूलाई मार्ने इजरायली हवाई हमलाको इरानले बदला लिने जनाइरहेको बेला राष्ट्रपति बाइडेनले हमला हुन सक्ने जनाएका हुन् । इरान हमलाको डर बढ्दै जाँदा ‘छिटोभन्दा छिटो’ इजरायलमा आक्रमण गर्नेसक्ने उनले जनाएका हुन् ।
इजरायलले सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा हमला गरेको इरानको आरोप छ । तर इजरायलले त्यसलाई स्वीकार गरेको छैन तर यसको पछाडि इजरायलको हात रहेको इरानको भनाई छ ।
अमेरिकी अधिकारीहरूले सीबीएस न्यूजलाई इजरायलमा ठूलो आक्रमण तुरुन्तै हुनसक्ने बताएका छन् भने इजरायलले आफू आफ्नो रक्षा गर्न तयार रहेको बताएको छ ।
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

पुटिनसँगको फोन वार्ता धेरै राम्रो भयोः ट्रम्प

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु

कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान

प्रतिक्रिया