कर छलेर ल्याइएका ६ लाख बराबरको सामान बरामद

गाईघाट, (उदयपुर)- उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ४ सालघारीमा जलजले हुँदै कर छलेर ल्याइएका रु छ लाख मूल्य बराबरका सामान बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शुक्रबार दिउँसो त्रियुगा नगरपालिकाको जलजले क्षेत्रमा सार्वजानिक यातायातका साधनमा जाँच गर्दा ती सामग्री बरामद गरिएको हो ।
बरामद गरिएका सामानमा २० कार्टुन तेल,१० बोरा भुजिया, छ बोरा हरियो मटर, सात बोरा मसुरो दाल आठ बोरा चिनीलगायत छन् । ती सामग्री सुनसरीस्थित आन्तरिक राजस्व कार्यलय पठाइएको जिल्ला प्रहरी कार्यलयका प्रमुख रमेश थापाले बताए ।

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

हात्तीको आक्रमणबाट मृत्यु
भोजपुर क्याम्पसलाई ६ लाखको स्मार्ट बोर्ड हस्तान्तरण

कोशी प्रदेश सरकारः परिमार्जित योगदानमूलक विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृति

पहिरोले घर पुरिँदा चार जना घाइते

तरकारी र दूध बेचेर मासिक एक लाख आम्दानी

तिलाहारमा बेठीका साथ रोपाइँ

प्रतिक्रिया