भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान

काठमाडौँ- भारत र बंगलादेशबीच ५० वर्षपछि जमिन आदानप्रदान भएको छ ।
बंगलादेशका जनताले यसलाई ईद उपहार भनेका छन् । भारतले सीमावर्ती ठाकुरगाउँको रानीशंकोई उपजिल्लाको ५६.८६ एकड जमिन बंगलादेशलाई हस्तान्तरण गरेको छ । जवाफमा भारतले पनि बंगलादेशबाट १४.६८ एकड जमिन अधिग्रहण गरेको छ ।
भारतीय पक्षबाट बीएसएफ (सीमा सुरक्षा बल) र बंगलादेश पक्षबाट बीजीबी (बोर्डर गार्ड बंगलादेश)बीच झण्डा बैठकमा भूमि आदानप्रदान भएको थियो । भारत र बंगलादेशबीच सन् १९७४ मा जग्गा आदानप्रदानको सम्झौता भए पनि रानीशंकोईका विषयमा कुनै कारबाही भएन ।
बंगलादेशले भारतबाट प्राप्त गरेको जग्गालाई अब खस खटियाँ (सरकारी जग्गा) भनिनेछ । यसमध्ये ४८ दशमलव १२ एकड खेतीयोग्य, ६ दशमलव ८७ एकड चिया बगान र १ दशमलव ८७ एकड खेतीयोग्य छ । दुई देशबीचको भूमि आदानप्रदान सौहार्दपूर्ण रुपमा भएको बताइएको छ ।
बंगलादेशका अन्य ८ जिल्लामा जग्गा बाँडफाँटका लागि सर्वेक्षण प्रस्तावित छ । यसले दुई देशबीचको जग्गा बाँडफाँट गर्न अनुमति दिनेछ । सर्वेक्षणमा बीएसएफ, बीजीबीलगायत अन्य एजेन्सीहरू पनि संलग्न हुनेछन् । सर्वेक्षण वर्षको अन्त्यसम्ममा सम्पन्न हुनेछ ।

ट्रम्पको धम्कीपछि मोदीले पठाए अजित डोभाललाई रूस

चिकुनगुनिया भाइरसले विश्वभरीका २.४ लाख प्रभावित, अमेरिकाले जारी गर्यो चेता…

भारतीय माझी श्रीलङ्काबाट पक्राउ

गाजामा सहायता बोकेको ट्रक पल्टिँदा २० जनाको मृत्यु

किन्नेर कैलाश यात्रा मार्गमा फसेका ४१३ जना तीर्थयात्रीको उद्धार

संयुक्त राष्ट्रसंघद्वारा गाजा क्षेत्रमा इजरायली सैन्य कारबाही विस्तार नगर्न आग्रह

अमेरिकाद्वारा ‘एमआरएनए’ प्रविधिमा आधारित खोप परियोजनाको लगानी रोकिँदै

प्रतिक्रिया