११ लाख बढी रुपैयाँसहित जैसवाल पक्राउ

रौतहट- भारतीय सीमामासँगै जोडिएको रौतहटको सदरमुकाम गौरबाट स्रोत नखुलेको ११ लाखभन्दा बढी रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
गौर नगरपालिका-१ स्थित शिवालय मन्दिर अगाडि चेकजाँचको क्रममा शुक्रबार साँझ सोही वडाका ५६ वर्षीय वीरेन्द्र कुमार जैसवाललाई स्रोत नखुलेको ११ लाख १५ हजार ७०० रुपैयाँसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।
साइकल चढेर आएका जैसवालले बोकेको झोलाभित्र उक्त रकम बरामद भएको तथा आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
गौरसँगै भारतीय बजार बैरगनिया जोडिएको हुँदा त्यहाँ पछिल्लो समय हुण्डी कारोबार बढ्दै गएको स्थानीयहरूले बताएका छन् ।

प्रदेश सरकारले ‘सिटी स्क्यान’ उपलब्ध गराउने

प्रहरीलाई गालीगलौज गर्ने जसपाका मधेश प्रदेश अध्यक्ष यादवविरुद्ध पक्राउ पुर्जी जा…

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

मटिहानी नगरभित्रका सडक कालोपत्र गरिँदै

करेन्ट लागेर सोनारको मृत्यु

स्रोत नखुलेको २८ लाखसहित तीन जना पक्राउ

सिरहामा शकांस्पद मृत्यु प्रकरण : श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

प्रतिक्रिया