सरकार ऋणमा डुबे पनि किसानलाई ऋणमा डुब्न दिनु हुँदैन : कृषिमन्त्री साह

काठमाडौँ- कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सरकार ऋणमा डुबे पनि किसानलाई ऋणमा डुब्न दिन नहुने बताएकी छन् ।
देशभक्त युवा नेपालले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री साहले किसानहरूलाई कुनै पनि हालतमा मर्कामा पर्न दिन नहुने र सरकार ऋणमा डुबे पनि किसानलाई ऋणमा डुब्न दिन नहुने बताएकी हुन् । ऋण खोजेरै भए पनि दुग्ध किसानको बक्यौता भुक्तानीका लागि पहल गरेको उनको भनाइ छ ।
सरकारले अगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिने उनले बताइन् । त्यस्तै मन्त्री साहले एक लाख हेक्टर जमिनमा चैते धान उत्पादन गर्न सके धानको आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने भन्दै सरकारले आवश्यक योजना बनाइरहेको जानकारी दिइन् । उनले विदेश पलायन हुनबाट रोकेर देशमै रोजगारी सिर्जना गर्नका लागि योजना बनाउने काममा लागेको र त्यसले मुलुक आत्मनिर्भर हुन मद्दत पुग्ने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

प्रधानमन्त्रीसँग प्रवासी नेपाली मञ्चको अन्तरक्रिया : स्वदेश फर्किएर विकास र समृद्ध…

‘नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ’

जनआकांक्षा पूरा गर्न सरकारले काम गरिरहेको छः मन्त्री भण्डारी

प्रधानमन्त्रीद्वारा स्पेनको प्रादो राष्ट्रिय सङ्ग्रहालयको अवलोकन

राजदूत रूपाखेतीलाई युक्रेन, बुल्गेरिया र चेक गणतन्त्रको जिम्मेवारी

प्रवक्ताहरूको काम, कर्तव्य र अधिकारसम्बन्धी निर्देशिकाबारे छलफल

सञ्चारमन्त्रीसँग युएइको सेक्युरिटी प्रिन्टिङ प्रेस टिमको छलफल

प्रतिक्रिया