जनकपुरधाममा राजावादीहरूको र्याली

जनकपुरधाम : हिन्दु राष्ट्र कायम गर्न माँग गर्दै जनकपुरधाममा मोटरसाइकल र्याली निकालिएकाे छ । नेपाल राष्ट्रवादी समूह धनुषाको आयोजनामा मोटरसाइकल र्याली निकालिएकाे हाे।
उनीहरूले 'हिन्दू राष्ट्र कायम गर, २०४७ सालको संविधान पुनर्वहाली गर र राजा आउ देश बचाउ'सहितका नारा नारा लगाउँदै र्याली निकालेका हुन् । जनकपुरधामको रेल्वे स्टेशनबाट नेपालको राष्ट्रिय झण्डासहित निस्केको र्याली भानु चौक, विद्यापति चोक र रामानान्द चोक हुँदै राम चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोणसभामा बोल्दै सहभागीहरुले देशमा बढदै गइरहेको भ्रष्टाचार, हत्या, बलात्कार, महिला हिंसा लगायतका अपराधिक घटना नियन्त्रण गर्न राजनीतिकर्मीहरू असफल भएको भन्दै राजा बाहेक अर्को विकल्प नरहेको बताएका थिए ।

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

बलात्कारको अभियोगमा दुई जना पक्राउ

प्रतिक्रिया