इलाममा मदिरा बिक्री-वितरणमा रोक

मङ्गलबारे- इलाममा मदिरा बिक्री-वितरणमा रोक लगाइएको छ । इलाम-२ मा वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई लक्षित गरी मदिरा बिक्री वितरणमा प्रतिबन्ध गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय इलामले यही वैशाख २ देखि वैशाख १५ गतेपछिको मतगणना नसकुञ्जेलसम्म मदिरा बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
निर्वाचनपूर्व, निर्वाचन र निर्वाचनपछिको समयमा शान्ति-सुरक्षामा असर पर्ने भन्दै मदिराजन्य पदार्थ बिक्री-वितरण एवं सेवन गर्न रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै यदि मदिरा प्रयोग एवं बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने बताइएको छ ।
शान्ति सुरक्षालाई मध्यनजर गरेर गरिएको यस कार्यलाई सहयोग गर्न जिल्ला प्रशासन कार्यालय इलामले सम्पूर्णमा आग्रह गरेको छ ।

ढुङ्गामाथि रहेको माङ्मा पोखरी ओझेलमा

मिथिलामा ‘झुला’ पर्व सुरु

गोसाइँकुण्डमा स्नान गर्ने क्रममा मोरङका दुई युवाको निधन

दाजुको हत्या गरी फरार युवक पक्राउ

ट्राफिक नियम नमान्दा गन्तव्यमा नपुग्दै गुम्छ जीवन

७५ लाख नगदसहित पोखराबाट तीन जना कारोबारी पक्राउ

बिहानै कागती हालेर मनतातो पानी पिउनुको साइड इफेक्टहरू

प्रतिक्रिया