अष्ट्रेलियामा ६ जनाको हत्या गर्नेको पहिचान, ‘मानसिक सन्तुलन’ को समस्या

सिडनी - अष्ट्रेलियामा छुरा प्रहार गरी ६ जनाको हत्या गर्नेको पहिचान गरिएको छ ।
अष्ट्रेलियाको सिड्नीको एक सपिङ सेन्टरमा ६ जनाको हत्या गर्नु अघि चक्कु प्रहार गर्ने व्यक्तिको अष्ट्रेलिया प्रहरीले पहिचान गरेको हो ।
समाचार अनुसार ४० वर्षीय जोएल काउचीले शनिबार भिडभाड भएको वेस्टफिल्ड बोन्डी जंक्शन कम्प्लेक्समा आतंकित पारेका थिए, जब उनले मानिसहरूलाई लामो ब्लेडले छुरा प्रहार गर्न थालेका थिए । सो क्रममा पाँच महिला र एक पुरुषको मृत्यु भएको छ । एक बालकसहित अन्य कैयौं घाइते भएका थिए ।
अधिकारीहरूले आक्रमण सम्भवतः काउचीको मानसिक स्वास्थ्यसँग सम्बन्धित भएको प्रारम्भिक प्रतिक्रिया दिएका छन । उनले महिलालाई लक्षित गरेको हो कि भनेर सोध्दा न्यु साउथ वेल्सका प्रहरी आयुक्त करेन वेबले आइतबार पत्रकारहरूलाई भने कि, ‘यो अझै अनुसन्धानको घेरामा रहेको छ ।’
तर उनले छुरा प्रहारलाई आतंकवादी कार्यको रूपमा वर्णन गर्न भने नसकिने जनाएकी छिन् ।
न्युज कारखाना
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

पुटिनसँगको फोन वार्ता धेरै राम्रो भयोः ट्रम्प

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु

कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान

प्रतिक्रिया