रियल मड्रिड र बार्सिलोनाको संघर्षपूर्ण जित

काठमाडौँ- स्पेनिस ला लिगाअन्तर्गत रियल मड्रिड र बार्सिलोनाले संघर्षपूर्ण जित हात पारेका छन् ।
शनिबार राति सम्पन्न खेलमा शीर्ष स्थानको रियल मड्रिडले मालोर्कालाई १-० गोलअन्तरले पराजित गरेको हो ।
रियल मड्रिडको जितमा औरेलियन चोउमेनीले निर्णायक गोल गरे । उनले ४८ औँ मिनेटमा रियल मड्रिडका लागि विजयी गोल गरे ।
जितसँगै रियल मड्रिडले ३१ खेलबाट ७८ अंक जोडेको छ । मालोर्का भने ३१ अंकसहित १५ औँ स्थानमा छ ।
अर्को खेलमा दोस्रो स्थानको बार्सिलोनाले काडिजलाई १-० गोलअन्तरले पराजित गर्यो । बार्सिलोनाको जितमा जोआओ फेलिक्सले ३७ औँ मिनेटमा विजयी गोल गरे ।
जितसँगै बार्सिलोनाले ७० अंक जोडेको छ । यता काडिजको भने २५ अंक छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया