सलमान खानको घर बाहिर गोली चल्यो

काठमाडौँ - बलिवुड अभिनेता सलमान खानको घर बाहिर आइतबार गोली चलेको छ ।
मुम्बईको बान्द्रास्थित गैलेक्सी अपार्टमेन्ट अगाडि गोली प्रहार भएको थियो । ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई मोटरसाइकल सवारले ४ राउण्ड फायर गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । गोली चलेपछि घरको सुरक्षा बढाइएको बताइएको छ ।
गोली चल्दा सलमान आफ्नै घरमा थिए । सलमानलाई लरेन्स बिश्नोई–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो ।
घटनाको खबर पाएलगत्तै मुम्बई पुलिस, अपराध शाखा र फोरेन्सिक विशेषज्ञहरूको टोली घटनास्थलमा पुगेको थियो । सलमानको घर बाहिर पनि सुरक्षा बढाइएको छ । आक्रमणकारीहरूको पहिचान गर्न नजिकैको सीसीटीभी फुटेज पनि जाँच गरिँदैछ र मानिसहरूसँग सोधपुछ पनि भइरहेको छ ।
लरेन्स बिश्नोईले मार्च २०२३ मा सलमानलाई धम्की दिएका थिए । बिश्नोईको धम्की पछि सलमान खानको सुरक्षा बढाइएको थियो । उनले महाराष्ट्र सरकारबाट वाई प्लस श्रेणीको सुरक्षा पाएका छन्।
यसअघि सलमानसँग महाराष्ट्र प्रहरीका कर्मचारी बस्ने गर्दथे तर धम्की आएपछि उनलाई वाई प्लस श्रेणीको सुरक्षा दिइएको छ । यो सुरक्षा घेरामा ११ जना सैनिक सधैं सलमानसँग रहन्छन्, जसमा एक वा दुई कमाण्डो र २ पीएसओ पनि हुन्छन्। सलमानको गाडी अगाडि र पछाडि एस्कर्ट गर्न सधैं दुई वटा गाडी हुन्छन् । यससँगै सलमानको कार पनि पूर्ण रूपमा बुलेटप्रुफ रहेको छ ।
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

पुटिनसँगको फोन वार्ता धेरै राम्रो भयोः ट्रम्प

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु

कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान

प्रतिक्रिया