प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

काठमाडौँ - प्रतिनिधिसभाको चालू अधिवेशन २३ पटक बैठक बसेर अन्त्य भएको छ ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा संसदको तेस्रो अधिवेशनमा भएका कामकारवाहीका बारेमा जानकारी गराउँदै सभामुख देवराज घिमिरेले २०८० साल माघ २२ गते सोमबार प्रारम्भ भई वैशाख २ गते आइतबारसम्म जम्मा ७० दिन चालु भएको अधिवेशनमा २३ पटक बैठक बसेको जानकारी गराएका हुन् ।
यस अधिवेशनमा राष्ट्रिय सभामा उत्पत्ति भएको तीन वटा सरकारी र एउटा गैर सरकारी विधेयक प्रतिनिधि सभामा प्राप्त भएका थिए जसमध्ये “विद्युतीय व्यापार विधेयक, २०८०” माथिको सामान्य छलफल समाप्त भएको छ भने बाँकी तीन वटा विधेयक सभामा प्रस्तुत भैसकेको सभामुख घिमिरेले जानकारी दिए ।
त्यस्तै प्रतिनिधिसभाको पहिलो र दोस्रो अधिवेशनमा राष्ट्रिय सभाबाट प्राप्त ८ वटा विधेयकहरुमध्ये “अनुगमन तथा मूल्याङकन विधेयक, २०७६” र “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७” सभाबाट पारित भएको छ भने बाँकी ६ वटा विधेयक सम्बन्धित समितिमा विचाराधीन नै रहेका छन् । तेस्रो अधिवेशनमा कूल ३ वटा विधेयक पारित भएको उनले बताए ।
तस्रो अधिवेशनको अन्तिम बैठकमा सभामुख घिमिरेले कानुन निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मकरुपमा अघिल्ला अधिवेशनहरुभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको महसुस गरेको बताए । उनले राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका कारण आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास व्यक्त गरे ।
संसदमा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पु¥याउन सके यस गरिमामय संस्थाको महत्व र समयको उचित सदुपयोग हुन सक्ने उनले बताए । सभामुख घिमिरेले संसदको तेस्रो अधिवेशन अन्त्यसम्बन्धी सूचना पढेर सुनाएका थिए । त्यसअघि बैठक सुरु हुने बितिकै कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीले उठेर विरोध जनाएपछि सभामुखले कार्यसूचीमा रहेका कार्यक्रमहरु हटाएका थिए ।

निजी विद्यालय सञ्चालन र इसिडीसम्बन्धी व्यवस्था शिक्षा समितिबाट पारित

खानेपानीलाई सबैको पहुँचमा पुर्याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव

निजी विद्यालय नियमनको माग

राष्ट्रियसभा: प्रस्ताव स्वीकृत

बिपद्को पूर्वतयारी र प्रतिकार्यका लागि सरकारले तयारी गर्नू : सभापति थापा

अर्थ समितिको आन्तरिक उत्पादन प्रवद्र्धन हुने गरि करका दरमा निर्णय लिन सरकारलाई …

संघीयता कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा सरकार गम्भीर छः गृहमन्त्री ले…

प्रतिक्रिया