कांग्रेस सहकारी पीडितको पक्षमा दृढतापूर्वक उभिन्छ, सरकार गैरजिम्मेवार भयो- देउवा

काठमाडौँ - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले सहकारी पीडितको पक्षमा दृढतापूर्वक उभिएर आवाज उठाइरहने बताएका छन् ।
कांग्रेस संसदीय दलको आइतबार बिहान बसेको बैठकमा बोल्दै सभापति देउवाले सहकारी ठगी जस्तो गम्भीर विषयको यथार्थ बाहिर ल्याउन माग गरिएकोमा सरकारले यसलाई छल्ने उद्देश्यले संसद बन्द गरेको आरोप लगाएका छन् ।
उनले यसबाट सरकार सहकारी पीडितको पक्षमा नरहेको पुष्टि भएको बताउँदै गैरजिम्मेवाररुपमा प्रस्तुत भएको बताएका छन् ।
उनले लाखौँ सहकारी पीडितको अर्बौं बचत हिनामिना गरिएको बताउँदै कांग्रेस पीडितको पक्षमा, सुशासनको पक्षमा दृढतापूर्वक उभिने बताएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया