अस्ट्रेलियाकी पेपरले गरिन् बिनाअक्सिजन अन्नपूर्ण-१ हिमालको सफल आरोहण

काठमाडौँ- अस्ट्रेलियन पर्वतारोही एली पेपरले बिनाअक्सिजन विश्वको १०औँ अग्लो हिमाल अन्नपूर्ण–१ को सफल आरोहण गरेकी छिन् । पेपरले उनका गाइड मिकेल शेर्पा र निमा शेर्पाका साथमा आज (आइतबार) दिउँसो १२ बजेर ७ मिनेटमा अन्नपूर्ण–१ हिमालमा पाइला टेकेको जानकारी दिइन् । पेपरले अन्नपूर्ण–१ को चुचुरोबाट देखिएको दृश्यका बारेमा सुनाइन् ।
उनले दुई वर्षभित्र विश्वका आठ हजार मिटर अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य लिएकी छिन् । अन्नपूर्ण–१ हिमालको चुचुरोमा पाइला टेकेसँगै पेपरले आठ हजार मिटरभन्दा अग्ला तीन हिमालको सफलतापूर्वक आरोहण गर्न सफल भएकी छिन् ।
उनी यसपछि कञ्चनजङ्घा हिमालको आरोहण गर्ने योजनामा छिन् । त्यसपछि मकालु हिमालको आरोहण गर्ने उनको लक्ष्य छ ।

जुलाईमा नेपाल भित्रिए ७० हजार विदेशी पर्यटक

मणिमुकुन्द सेन उद्यान बुटवल क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य

उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकबाट २९ करोड राजस्व

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक

अब क्यूआर कोडमा पचाल झरना

प्रतिक्रिया