राणाशासन जस्तो बार्दलीबाट न्याय दिने पद्धतिको अन्त्य गर्नुपर्छ : रामहरि खतिवडा

काठमाडौँ- नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले लाखौँ नागरिक ठगिएको विषयमा कांग्रेसले आवाज उठाउँदा सदन बन्द गर्ने काम भएको बताएका छन् ।
आइतबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै खतिवडाले सहकारी प्रकरणमा लाखौँ नागरिकलाई ठगी गर्दै अर्बौँ रुपैयाँ हिनामिना भएको विषयमा कांग्रेसले सदनबाट आवाज उठाउँदा सदनलाई नै बन्द गर्ने काम भएको बताएका हुन् ।
सत्तापक्षका नेताहरू बार्दलीमा बसेर निर्णय सुनाउने र तल जनताहरूलाई राख्ने पद्धतिको विकास यो संसदमा हुन नसक्ने उनले जिकिर गरे । उनले राणाशासन जस्तो बार्दलीबाट न्याय दिने पद्धतिको अन्त्य गर्नुपर्ने पनि बताए ।
त्यस्तै माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले सदनमा प्रतिपक्षीले विरोध गर्न पाउने भएपनि संसद् रोक्न नमिल्ने तर्क गरे । उनले अध्यादेशको बाटोबाट नभइ सकेसम्म सदनबाटै बाँकी रहेका कानुनहरूलाई अघि बढाउने वातावरण बनाउनुपर्ने उल्लेख गरे ।
त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले सदनमा बिजनेस हुँदा पनि साना विषय उठाएर सदन अवरुद्ध गर्नु दु:खद भएको बताए । उनले संसदको महत्वपूर्ण कार्यभारलाई नै रोकेर संसद् अवरोध गर्ने कांग्रेसको कदम कानुन निर्माणको चुनौतीको विषय बन्न पुगेको धारणा राखे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया