वान एक्स बेटमा ५७ करोड बढी कारोबार गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौँ- वान एक्स बेटिङमा कारोबार गर्ने तीन जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ । विभिन्न बैंकबाट ५७ करोड ४१ लाख ५७ हजार १४७ रुपैयाँ कारोबार गरेको आरोपमा सर्लाहीबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ३१ वर्षीय सञ्जयकुमार शाह, १९ वर्षीय रामजी शाह र ३० वर्षीय राकेश चौधरी रहेको कार्यालयले जनाएको छ । उनीहरूलाई प्रहरीले चैत २९ गते सर्लाहीको विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको हो ।
उनीहरू वान एक्स बेटमा सट्टाबाजी लगाउन रकम संकलन गर्ने र क्रिप्टो करेन्सीमा कारोबार गर्ने सक्रिय एजेन्ट रहेको प्रहरीले उल्लेख गरेको छ ।
विभिन्न मोबाइलबाट २१ वटा आइपीएस खोली ९८ वटा बैंकका खाताहरू लिङ्कअप गरी ५७ करोड ४१ लाख ५७ हजार १४७ रुपैयाँ कारोबार गरेको आरोपमा नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए ।
उनका अनुसार प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ९ थान मोबाइल, सिम कार्ड २१, ल्यापटप २, सिपियु १, विभिन्न सहकारीको पासबुक ११, बैंकको चेकबुक १६ थान र डिपोजिट भौचर ११ थान रहेका छन् ।
कार्यालयले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-५ अन्तर्गत दफा १२५ कसुरमा आवश्यक अनुसन्धान गर्न काठमाडौँ प्रहरी परिसर पठाएको छ ।

भारतको उत्तराखण्ड बाढीमा जाजरकोटका १३ जना बेपत्ता

गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई सर्वसुलभ र गुणस्तरीय खानाको व्यवस्था गर्न निर्देशन

‘नागरिकताको मुद्दामा मानिँदैन सर्वोच्चको फैसलालाई नजिर’

पोखरा क्षेत्रका तालको सरसफाइ एवं रोजगारी सिर्जनासम्बन्धी समझदारी

नेपाल शिक्षक महासंघको भदौ दोस्रो साताबाट आन्दोलन गर्ने निर्णय

धर्म र संस्कृतिसँग जोडिएका भक्तपुरको नौ हिटी

बाल्यकालमै बिहेः जीवनभर पीडा

प्रतिक्रिया