इरान-इजरायल तनावले पेट्रोलियम पदार्थको मूल्यमा कस्तो असर पर्ला ?

काठमाडौँ- अप्रिल १ मा इजरायलले सिरियास्थित इरानी दूतावासमा आक्रमण गरेको थियो । त्यसको १२ दिनपछि १३ अप्रिलमा इरानले इजरायलमाथि ३०० मिसाइल र ड्रोन आक्रमण गर्यो । मध्यपूर्वमा तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्न सक्ने अनुमान गरिएको छ । इजरायल-इरान युद्धले तेलको मूल्यमा प्रभाव पार्ने विश्लेषण शुरु भएको छ ।
इरानले इजरायलमाथि प्रत्यक्ष हमला गर्नुभन्दा एक दिनअघि ओमानको खाडीको होर्मुज पासबाट गुज्रिरहेको जहाज कब्जा गरेको थियो । विश्वको २० प्रतिशत तेल यही होर्मुज पासबाट आपूर्ति हुन्छ । इरानका सयौं ब्यालेस्टिक र क्रुज मिसाइलहरू यहाँ तैनाथ छन् ।
यदि दुई देशबीचको विवाद चर्कियो भने इजरायलले यस क्षेत्रबाट जहाजको आवतजावतमा रोक लगाउने छ । इरानले स्वेज नहर बन्द गर्ने धम्की पनि दिएको छ । द इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार हरेक दिन ५.५ मिलियन ब्यारेलभन्दा बढी कच्चा तेल स्वेज नहरबाट आपूर्ति गरिन्छ ।
स्वेज नहर र हर्मुज पासमा कुनै पनि अवरोधले तेल आपूर्ति रोक्नेछ । यी सबै अनुमानका बीच तेल बजारमा यसको प्रभाव देखिन थालेको छ । इरान र इजरायलबीच अप्रिल १ बाट तनाव सुरु भएको थियो । त्यसयता कच्चा तेलको मूल्य प्रतिब्यारेल ८० डलरबाट बढेर प्रति ब्यारेल ९० डलर पुगेको छ ।
अमेरिकी थिंक ट्याङ्क ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीज’का अनुसार तनाव कम नभए तेलको मूल्य प्रतिब्यारेल १०० डलरसम्म पुग्न सक्छ । साउदी अरेबिया, कुवेत, ओमान र युएई जस्ता ठूला तेल उत्पादक देशहरू हुन् ।
विश्लेषकहरुले वर्तमान अवस्थामा इरान पूर्ण स्तरको युद्ध लड्ने अवस्थामा छैन । इजरायलले गाजामा युद्ध लडिरहेको छ । यस्तो अवस्थामा दुवै देशले आपसमा लामो युद्ध लड्दैनन् । त्यसैले तेलको मूल्यमा थोरै वृद्धि हुने भएपनि धेरै बढ्ने सम्भावना नरहेको तर्कसमेत गरिएको छ ।
यो तनाव ठूलो युद्धमा परिणत नहुने दाबीसमेत गरिएको छ । अहिले भइरहेको मनोवैज्ञानिक युद्ध हो । यस्तो अवस्थामा इजरायलले जवाफी कारबाही नगरेसम्म केही भन्न गाह्रो छ ।
कच्चा तेलको भाउ बढेमा खुद्रा पेट्रोल र डिजेलको मूल्यमा असर पर्ने विज्ञहरू बताउँछन् । खासगरि भारतमा आउने ६५ प्रतिशत कच्चा तेल स्वेज नहर र होर्मुज पासबाट आउने हुनाले यस क्षेत्रमा बढ्ने तनावले भारतमा तेलको मूल्य बढ्ने र त्यसको असर नेपालमा पर्ने देखिन्छ । नेपालमा पेट्रोलियम पदार्थ भारतबाट आउँछ ।
मार्चको अन्त्यसम्ममा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पछिल्लो ४ महिनाको उच्च विन्दुमा पुगेको छ । जुन तनावका कारण थप बढ्न सक्छ ।

पुटिनको सुरक्षामा स्तरोन्नति, ड्रोन लिएर हिँड्न थाले अंगरक्षक

अस्ट्रेलियाको बालमैत्री नीतिः युट्युब प्रयोगमा नयाँ सीमा लागू हुँदै
म्यान्माको चुनावको आलोचना गर्नेलाई जेल सजाय

ग्वाटेमालामा शवदाह गृहमा आक्रमण, कम्तीमा सात जनाको मृत्यु

चीनमा बस दुर्घटनाः १० जनाको मृत्यु, चार जना अझै बेपत्ता

ट्रम्पद्वारा भारतमाथि २५ प्रतिशत आयशुल्क घोषणा, रुससँगको व्यापारप्रति चिन्ता व्यक्त

रूसको भूकम्पले जापानसम्म सुनामी, सतर्क हुन चेतावनी

प्रतिक्रिया