कृतिलाई फिल्म गर्न भ्याइनभ्याइ

मुम्बई : कृति सेननले कुनै पनि फिल्मबाट उत्पात चर्चा पाएकी छैनन् तर रिलिज भएका फिल्मबाट दर्शकलाई निराश पनि पारेकी छैनन् । यही कारण हुन सक्छ कृतिलाई फिल्मको कुनै खाँचो छैन । जि न्युजका अनुसार कृतिले एक पछि अर्को फिल्मबाट अफर पाइरहेकी छिन् । कृति नजिक स्रोतका अनुसार कृति अहिले ७ वटा फिल्मको स्क्रिप्ट पढिरहेकी छिन् ।
‘बरेली कि बर्फी’, ‘लुका छिपी’ र ‘हाउसफूल ४’को सफलतापछि कृतिलाई पनि बलिउडमा ‘ब्यांकेबल’ अभिनेत्री मानिन थालेको छ । ‘पानीपत’ र ‘राब्ता’लाई छाडेर उनी अभिनित फिल्मले बक्स अफिसमा राम्रै कमाइ गरिरहेका छन् । यही कारण पनि निर्माता÷निर्देशक कृतिलाई फिल्ममा लिन इच्छुक हुन थालेका छन् । फलस्वरुप अर्को वर्ष कृतिका ५ फिल्म बजारमा आउने चर्चा छ ।
कृति अहिले चण्डीगढमा नयाँ फिल्मको सुटिङ गरिरहेकी छिन् भने यसको सुटिङ सके लगत्तै ‘मिमी’ शीर्षकको फिल्ममा देखिनेछिन् । यही बीचमा कृति अक्षयकुमारको अपोजिटमा ‘बच्चन पाण्डेय’मा पनि देखिनेछिन् । यसैगरी, कृति दिनेश भिजनले निर्माण गर्न लागेको अनटाइटल प्रोजेक्टका लागि पनि अनुबन्धित भएकी छिन् ।

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

प्रतिक्रिया