२०८१ सालमा बैंकहरुको बिदा र कार्यालय समयको सूची सार्वजनिक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले विक्रम संवत् २०८१ मा हुने बैंक तथा वित्तीय संस्थाहरूको बिदा सूची सार्वजनिक गर्दै कार्यालय समय र बैंकिङ कारोबार समय सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आगामी वर्ष वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्मका लागि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय तोकेको हो ।
यस अवधिका लागि बैंकिङ कारोबार समय भने बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिएको छ । यस्तै, कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्मका लागि भने कार्यालय समय बिहान १० बजेदेखि ४ बजेसम्म र बैंकिङ कारोबार समय दिउँसो ३ बजेसम्म तोकिएको छ ।
वर्षभर हरेक शुक्रबारका लागि कार्यालय समय बिहान १० बजेदेखि १ः३० बजेसम्म र बैंकिङ कारोबार समय दिउँसो १२ः३० बजेसम्म तोकिएको छ ।
वर्षभरिमा ३० दिन सार्वजिनक बिदा ताेकिएको छ । बाँकी सात दिन भाैगाेलिक क्षेत्र अनुसार र निश्चित धार्मिक समुदायमा बिदा तोकिएको छ । त्यस्तै प्रदेशमा रहेका कार्यालयहरूमा बढीमा ६ दिन बिदा थपिने राष्ट्र बैंकले जनाएको छ ।

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_Nbc0oFacYo_zcgozks9a9vnzijvmcyaxgt1ptaf1kohokusl8szds7u7oyeqcajgyxcf68s.png)
प्रतिक्रिया