प्रमुख निर्वाचन आयुक्त थपलियाले भने : राजनीति दलहरुबाट महिलाको हित हुने अपेक्षा गर्नुपर्ने पीडादायक अवस्था छ

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूबाट महिलाहरुको हित, उन्नति, कल्याण, उपलब्धि हुने अपेक्षा गर्नुपर्ने पीडादायक अवस्था रहेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोगद्वारा अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा आयोजित निर्वाचन र महिला, नेपालको प्रयास, उपलब्धि र कार्यदिशा विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचनमा महिला र समावेशी नीति, लैङ्गिक तथा समावेशी नीति भनेर तर्जुमा गरेको र सबै राजनीतिक दलहरुमा निर्वाचन आयोग र अन्य काम गर्ने गरी लैङ्गिक सम्पर्क व्यक्ति राख्न चिठी लेखेको तीन वर्ष बिते पनि नाम दिन नसकेको बताए ।
उनले महिलामाथि आक्रमण, विभेद, अपहेलना र नजानिदो किसिमले महिलाका हिंसाका कामहरू भइरहेको जिकिर गरे। थपलियाले कानूनी संरचनामा निर्मम ढंगले विश्लेषण गर्नुपर्ने स्थिति आएको बताए ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा आयोगले स्पष्ट धारणा राखे पनि आयोगमाथि दोषारोपण गरेर पानी माथिको ओभानो हुने दुष्प्रयत्न भएको बताए।
थपलियाले संविधान र कानुनको व्यवस्थालाई धुमिल र अस्पष्ट बनाउने काम भएको जिकिर गरे। उनले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा दलित,अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिहरूको प्रतिनिधित्व पुरुष बाहेकको हुनु हुँदैन भन्ने किसिमले राजनीतिक दलहरू अघि बढिरहेको बताए।
उनले भने ‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको विषयमा आज म धेरै बोलिन। पहिले मजाले बौल्यौँ हामीले। राम्ररी नै बोल्यौँ। उल्टै आयोगमाथि दोषारोपण गरेर पानी माथिको ओभानो हुने दुष्प्रयत्न धेरै ठाउँबाट गरियो। म अहिले त्यहाँ प्रवेश गर्दिन। संविधान र कानुनको व्यवस्थालाई धूमिल र अस्पष्ट बनाउने काम भयो। नतिजाले त्यही देखाउँछ।’
प्रमुख निर्वाचन आयुक्त थपलियाले अहिलेको समानुपातिक प्रणालीले अहिलेको संसदमा प्रतिनिधित्व गर्न नसकेको वर्ग, क्षेत्र, लिङ्ग, जातजाति, सम्प्रदायको प्रतिनिधित्व सुनिश्चित गर्नका लागि वर्तमान समानुपातिक प्रणालीको व्यवस्थालाई संविधानको धारा ४२ सँग मिल्ने गरी व्याख्या गर्नुपर्ने बताए। उनले निर्वाचन सम्बन्धी कानुन गृह मन्त्रालयमा रहेको र ९ महिनासम्म निदाएको भन्दै अझै कति बास बस्ने टुंगो नरहेको बताए ।

जनताले महसुस गर्ने गरि काम गरौं,प्रचारबाजीका लागि होइन : उपप्रधानमन्त्री सिंह

महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्छ : राष्ट्रपति पौडेल
महावीरको जीवनले अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिन्छ : उपराष्ट्रपति या…

सेवाग्राहीसँग असल व्यवहार, नम्र र शिष्ट रुपमा प्रस्तुत हुनुः गृहमन्त्री लेखक

कोशी प्रदेशको पर्यटन वर्षले मुलुकको अर्थतन्त्रमा थप टेवा पुग्ने

डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

पाणिनि क्षेत्रलाई धार्मिक र पर्यटकीय स्थलका रुपमा विकास गरिनेछ : प्रधानमन्त्री

प्रतिक्रिया