‘हसिन दिलरुबा’को पहिलो रोजाइ थिइनन् तापसी

मुम्बई : नेटफ्लिक्समा रिलिज हुने फिल्म ‘हसिन दिलरुबा’को ट्रेलर सार्वजनिक भएसँगै फिल्मको चर्चा सुरु भएको छ । फिल्ममा फेरि एक पटक तापसी पन्नूले उम्दा अभिनय गरेको प्रारम्भिक प्रतिक्रिया आएका छन् । सामाजिक सञ्जालमा उनको तारिफ गरिएको पोस्टहरू पर्याप्त देखिएका छन् ।
तर, तापसी यो फिल्मको पहिलो रोजाइ भने थिइनन् । तापसी स्वयंले बताएअनुसार निर्माता÷निर्देशक सुरुमै तापसीलाई लिने विषयमा सकारात्मक भने थिएनन् ।
‘लेखक कनिका ढिल्लोनले यो फिल्मको आइडिया सुनाएदेखि नै मन परेको थियो । तर, दुःखका साथ भन्नुपर्छ यसको पहिलो रोजाइ म थिइँन । अरु कतै नपाएपछि बल्ल मेरो पोल्टामा परेको हो,’तापसीले भने ।
फिल्ममा तापसीले जासुसी उपन्यास रुचाउने श्रीमतिको भूमिका निर्वाह गरेकी छिन् जो पछि उपन्यासमा झैं आफ्नै श्रीमान्को हत्या गर्न पुग्छिन् । फिल्ममा विक्रान्त मास्से र हर्षवर्धन रानेको पनि अभिनय रहेको छ । तापसीले फिल्ममा हाँसो, रोदन, रोमान्स र रहस्य सबैथोक रहेको बताएकी छिन् । यो फिल्म जुलाई २ मा नेटफ्लिक्समा रिलिज हुँदैछ ।

अजय देवगनको छोराले गरे हलिउडवाट ‘डेब्यु’

भारतबिरूद्द बोले पछि हटाइयो ‘सनम तेरी कसम’को पाकिस्तानी अभिनेत्रीको तस्विर

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

'तोक्मा एप'को प्रवर्द्धनमा अभिनेता विल्सन विक्रम राई, ब्रान्ड एम्बासडरमा नियुक्त

‘ऊनको स्वीटर’को गीत ‘चाइनेजो जिन्दगानीमा’ले निरुता सिंहलाई सम्झायो 'दर्पण छा…

बुद्धिसागरको कथामा चलचित्र निर्माण

भाजपा सांसद कंगनाले गर्ने भइन् हलिउडमा डेब्यु

प्रतिक्रिया