अमेरिकी अनुदानपछि चिप्स आपूर्ति श्रृंखला विस्तार गर्ने तयारीमा सामसङ
काठमाडौँ- अमेरिकाले ६.४ बिलियन अमेरिकी डलर अनुदान दिने तथा थप लगानी गर्ने भएपछि दक्षिण कोरियाली कम्पनी सामसङले चिप्स आपूर्ति श्रृंखला विस्तार गर्ने भएको छ ।
सामसङले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को युगमा आफ्नो विश्वव्यापी सेमीकन्डक्टर आपूर्ति श्रृंखला विस्तारलाई गति दिने तयारी गरेको आईएएनएसले जनाएको हो ।
बाइडेन प्रशासनको घोषणा अन्तर्गत दक्षिण कोरियाली चिप निर्माताले सामसङले २०२२ चिप्स एन्ड साइन्स एक्टअन्तर्गत ६.४ बिलियन अमेरिकी डलर अनुदान प्राप्त गर्नेछ ।
यसको उदेश्य भनेको यस दशकको अन्त्यसम्ममा अमेरिकी सेमिकन्डक्टर उत्पादनलाई विश्वकै चिप्सको २० प्रतिशतमा पुर्याउने लक्ष्य राखिएको बताइएको छ ।
उक्त अनुदानले अमेरिकाको टेलर र अस्टिनमा सामसङ इलेक्ट्रोनिक्सको चिप उत्पादन सुविधा, अन्य अनुसन्धान केन्द्रहरू र प्याकेजिङ सुविधाहरूलाई सहयोग गर्ने समाचारमा उल्लेख गरिएको छ ।
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

पुटिनसँगको फोन वार्ता धेरै राम्रो भयोः ट्रम्प

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु

कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान

प्रतिक्रिया