'आन्दोलनको क्रममा मृत्यु भएका डाँगीलाई सहिद घोषणा नगरे आन्दोलन गर्ने राप्रपाको चेतावनी'

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री रवीन्द्र प्रताप शाहले आन्दोलनको क्रममा मृत्यु भएका ठाकुर प्रसाद डाँगीलाई सरकारले सहिद घोषणा नगरे राप्रपाले कडा सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
रफत सञ्चार क्लबमा मंगलबार आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्दै शाहले मृतकलाई सहिद घोषणा नगरे सरकारले चर्को मूल्य चुकाउनुपर्ने बताए । सरकारका गृहमन्त्रीले शान्तिपूर्ण रुपमा परिचालन गरिएको आन्दोलनमा गरेको दमन नेपालकै इतिहासमा अक्षम्य रहेको बताउँदै शाहले भने आन्दोलनमा गरिएको दमन निन्दनीय रहेको धारणा राखे । उनले राप्रपाको वैशाख १६ र १७ गते बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकले थप आन्दोलनको घोषणा गर्ने जानकारी दिए ।
गणतन्त्र असफल भइसकेको जिकिर गर्दै शाहले राष्ट्रपतिको स्थानमा राजतन्त्र नभई राजसंस्था स्थापन गर्ने राप्रपाको मूल एजेन्डा भएको बताए ।

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

सहकारी ठगी प्रकरण : फरार कांग्रेस सांसद राई पक्राउ

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच एकता घोषणा वैशाख १७ गते

कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन

प्रतिक्रिया