सुदूरपश्चिममा एकीकृत समाजवादीको यूटर्न, लक्ष्मणकिशोरलाई दिएको समर्थन फिर्ता

धनगढी - सुदूरपश्चिममा एकीकृत समाजवादीले यस अघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।
केन्द्रको सत्ता समीकरणमा रहेका दलहरूले एकीकृत समाजवादीलाई मुख्यमन्त्री बनाउन सहमति गरेपछि एकीकृत समाजवादीले यसअघि लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको हो ।
एकीकृत समाजवादीका नेता दीर्घ सोडारीले समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख नाजिर मियाँलाई बुझाएका छन् ।
योसँगै अब एकीकृत समाजवादीले प्रदेशमा मुख्यमन्त्रीमा दाबी गर्ने बताइएको छ । यसका लागि प्रक्रिया मिलाउने तयारी भएको बुझिएको छ ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भएको छलफल अनुसार घटनाक्रम अगाडि बढेको देखिएको छ ।
न्युज कारखाना

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया