मुलुककाे सुशासन र समृद्धिकालागि सत्ता समीकरण परिवर्तन गर्नुपर् याे : प्रधानमन्त्री

काठमाडाैँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकलाई सुशासन र समृद्धिका साथै राष्ट्रको हितका लागि सत्ता समीकरण परिवर्तन गर्नुपरेको बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित सुशासनका चुनौती र सरकारको आगामी कार्यदिशा छलफल कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पुरानै अवस्थामा रहेर परिवर्तन असम्भव देखिएको भन्दै राष्ट्रको आवश्यकताका आधारमा सुशासन र समृद्धिका लागि सत्ता समीकरण परिवर्तन गर्नुपरेको बताएका हुन् ।
उनले १५ महिनामा तीनपटक विश्वासको मत लिने अवस्था सिर्जना हुनुलाई विडम्बना वा नेपालको विशेषता भन्न सकिने जिकिर गरे । प्रधानमन्त्री प्रचण्डले तीन पटक समीकरण फेरिए पनि प्रधानमन्त्री एउटै भएकाले सरकार फेरिएको नभई पुनर्गठन मात्रै गरिएको बताए ।
उनले देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन कानुन कार्यान्वयनको पाटोलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए । भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानुन, जनशक्ति, स्रोत र साधनसहित अधिकार सम्पन्न बनाई सदाचार प्रत्याभूति गर्ने अवस्था सिर्जना गरिने उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारी माथि कानुनी कारवाही अगाडि बढाउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । सुशासन कायम गर्ने प्रश्नलाई सबैभन्दा अग्रभाग राखेर सोहीअनुरूप कार्यान्वयनको प्रक्रिया पनि अगाडि बढिरहेको उनले बताए । उनले सेवा प्रवाहलाई छिटो, छरितो, प्रविधिमैत्री बनाउने, चालु खर्चमा मितव्ययिता कायम गर्ने, तोकिएको काम तोकिएकै समयसीमा र गुणस्तरमा सम्पन्न गर्ने जस्ता मापदण्डहरू कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको धारणा राखे ।
त्यस्तै प्रधानमन्त्री प्रचण्डले मुलुकमा लगानी भित्र्याउनका लागि लगानी सम्मेलन अगाडि नै अध्यादेशबाट भएपनि आवश्यक कानुन सुधार गर्ने स्पष्ट पारे । निजी क्षेत्रको बिकास नभई मुलुकको बिकास र समृद्धिको औचित्य नहुने उनले बताए ।
प्रधानमन्त्री प्रचण्डले विकास आयोजनाहरूको प्राथमिकीकरणसहित पर्याप्त साधन स्रोतको व्यवस्था, निर्धारित समयसीमा र गुणस्तरमा आयोजनाहरूले पूर्णता पाउनुपर्ने बताए ।

सिंचाई सम्झौता अनुसार भारत सरकारसँग पानी माग्न नसक्नु ओली सरकारको लाचरीपना:…

पार्टी एकीकरणवारे छलफल गर्न घनश्याम पुगे नारायणकाजी निवास

राजसंस्था र हिन्दु राष्ट्रलाई बिदेशीको ईशारामा एम्बुसमा पारियो: कमल थापा

ओलीको नेतृत्वलाई समर्थन गर्नु, राष्ट्रको आवश्यकता : एमाले सचिव लेखराज भट्ट

भारतको उत्तराखण्डमा बेपत्ता भएका नेपालीको खोजी कार्य जारी छः प्रधानमन्त्री ओली

राष्ट्रियसभा बैठक बस्दै, जलस्रोत विधेयक सभा समक्ष पेश गरिने

अर्थसहित पाँच वटा समितिको बैठक बस्दै

प्रतिक्रिया