२ सय ७२ किलो गाँजासहित भारतीय कन्टेनर र चालक नियन्त्रणमा

बुटवल - सशस्त्र प्रहरीले २७२ किलो गाँजासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरलाई विशेष सूचनाको आधारमा जाँच गर्दा चालकको सिटमाथि फल्स बटम बनाई लुकाइ छिपाई लैजाँदै गरेको गाँजा फेला परेको हो ।
नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको कमाण्डमा खटिएको टोलीले गाँजा फेला पारेपछि कन्टेनर र चालक भारत घर भएका ३६ वर्षीय सतनम सिंहलाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका सिंहलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया