मधेस सरकारबाट बाहिरियो लोसपा

जनकपुरधाम - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । मंगलबार बसेको लोसपा संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने तयारी गरिरहेका बेला लोसपाले सरकार छोड्ने निर्णय गरेको छ ।
लोसपाले सरकार छोड्ने निर्णय गरेसँगै प्रदेश सरकारमा वन तथा वातावरणमन्त्री रहेका रमेशप्रसाद कुर्मीले राजीनामा दिएका छन् ।
मधेश प्रदेशसभामा लोसपाका ९ जना सांसद छन् । १०७ सदस्यीय प्रदेश सभामा एमालेका २४, कांग्रेसका २२, जसपाका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपाका ९-९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।
त्यसैगरी नागरिक उन्मुक्ति पार्टी (नाउपा), राप्रपा, संघीय समाजवादी पार्टीका एक-एक र एक स्वतन्त्र सांसद छन् ।
मधेशमा बहुमतको लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।

सिरहामा भाइको खुकुरी प्रहारबाट दाइको मृत्यु

महिलामैत्री छैन सिरहाको कारागार

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक सातामा तीन किसानको मृत्यु

सप्तरीमा सर्पदंशबाट राईको मृत्यु

सडकमा लाग्दै आएको हाटबजार स्थानान्तरण

प्रदेश सरकारले सप्तरीमा ट्याङ्करमार्फत खानेपानी वितरण गर्दै

रौतहटमा साढे ५ करोड बढीको अबैध सामान बरामद, १०३ तस्कर पक्राउ

प्रतिक्रिया