सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीले गर्छ : सोमप्रसाद पाण्डे

काठमाडाैँ - नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफ्नै दलले गर्ने बताएका छन् ।
रिपोटर्स क्लव नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पाण्डेले सुदूरपश्चिममा पनि केन्द्रकै गठबन्धन कायम रहने र प्रदेश सरकारको नेतृत्व आफ्नै दलले गर्ने यसअघि भएको भद्र सहमति लागु हुने बताए ।
उनले अहिलेको सत्ता गठबन्धन कुनैपनि हालतमा नटुट्ने दाबी गरे । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व आफ्नो दलले पाउने भद्र सहमति हुँदापनि त्यो कार्यान्वयनमा आनाकानी भएपछि अहिलेको परिस्थिति उत्पन्न भएको उनले बताए । तर, आजबाट नयाँ परिस्थितिको निर्माण भएकोले अब गठबन्धनमा समस्या नहुने उनको भनाइ छ । उनले सुदूरपश्चिममा सरकार गठनमा आफ्नो दलको भूमिकालाई लिएर अध्यक्ष माधव नेपालमाथि शंका नगर्नपनि आग्रह गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया