राजनीतिमा च्याँखे थाप्ने काम गर्न हुन्न - आनन्द पोखरेल

काठमाडौँ - एमाले नेता आनन्द पोखरेलले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीको सवालमा माधव नेपालको दलले कांग्रेस सम्मिलित नयाँ गठबन्धनलाई सघाएको विषयमा आपत्ति जनाएका छन् ।
रिपोटर्स क्लब नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा पोखरेलले गठबन्धनको रक्षा गर्नुपर्ने बताएका हुन् । उनले राजनीतिमा च्याँखे थाप्ने काम गर्न नहुने बताए । उनले संसद्मा धेरै दलहरूको प्रतिनिधित्व भएकोले राजनीतिक अस्थिरता निम्तिएको टिप्पणी गरे ।
त्यस्तै पोखरेलले गृहमन्त्री रवि लामिछानेको नाम सहकारी ठगी प्रकरणमा मुछिएको विषयमा मिडियामा तथ्यसहित समाचार आएको भन्दै तत्काल आफ्नोबारे स्पष्टीकरण दिनुपर्ने सुझाव दिए ।
उनले सहकारी ठगी प्रकरण जोसुकै संलग्न भएपनि कारबाहीको दायरामा आउनुपर्ने टिप्पणी गरे ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया