इन्डोनेसियामा पहिरो : मृत्यु हुनेको सङ्ख्या २० पुग्यो
इन्डोनेसिया - खोज र उद्धार टोलीले दक्षिण सुलावेसीको ताना तोराजामा थप दुई शव फेला पारेसँगै पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २० पुगेको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले मङ्गलबार जनाएको छ ।
उच्च बहावसहितको तीव्र वर्षाले शनिबार राति लेमाङ रनदन बाटु र मानगाउ गाउँका अस्थिर भूमिमा पहिरो जाँदा केही मानिस घाइते हुनुका साथै चार वटा घर पुरिएको स्रोतले जनाएको छ ।
कुहिरो, वर्षा र पहिरोका कारण सडक अवरुद्ध भए पनि खोजी तथा उद्धार कार्य गरिएको थियो । हालै मृतक दुई जनाको खोजीसँगै बेपत्ता भएका सबै फेला परेका छन् । त्यसपछि खोजी अभियान स्थगित गरिएको छ ।
रासस
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

पोल्याण्डको राष्ट्रपति निर्वाचन दोस्रो चरणमा प्रवेश

रोमानियाको राष्ट्रपति निर्वाचनको दोस्रो चरणमा डान विजयी

पुटिनसँगको फोन वार्ता धेरै राम्रो भयोः ट्रम्प

गाजामा भएको इजरायली आक्रमणमा २२ जनाको मृत्यु

कमला ह्यारिसका सेलिब्रेटीको समर्थनबारे जाँच गर्न ट्रम्पको आह्वान

प्रतिक्रिया